बीरगंज २० बैशाख/ भारतबाट नेपाल र नेपालबाट भारतमा लागु औषधको तस्करी कारोबार गर्दै आइरहेका समहुका दुई जना नाइकेलाई प्रहरीले पक्राउ गरेको छ ।
एक साताको अवधिमा प्रहरीको बीरगंज टोलीले बीरगंज ग्रामीण क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो । गए राती काठमाण्डौबाट आएका प्रहरीको अपराध नियन्त्रण टोलीले पर्साको पोखरीया गाबिसमा लागु औषध ओसार पसारका अभियुक्त मसिहानी गाबिस निवासी उदयनारायण सहनीलाई पक्राउ गरेको हो । सहनीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । यसघी प्रहरीले आईतबार राती बीरगंजबाट लागु औषध तस्करीको नाईके मानिने हैदर आलम ठाकुरलाई पक्राउ गरेको थियो । प्रहरी हिरासतमा रहेका भारतीय नागरिक ठाकुरले बीरगंज हुदै काठमाण्डौ पोखरा, चितवन लगायतका बजारमा खैरो हिरोइन ओसार्ने समुहको नाइके भएको प्रहरीको दाबी छ ।

No comments:
Post a Comment